Sunday, June 22, 2025

Benjamin Bloom’s Taxonomy बारेमा बुझाइ – टेक बहादुर खत्री

 नमस्कार ! म दिक्तेल इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलको कम्प्युटर शिक्षक टेक बहादुर खत्री, ब्लूमको वर्गीकरण (Bloom’s Taxonomy) को बारेमा मैले जानेको बुझेको केहि कुरा यहाँ उल्लेख गर्दै छु । यो एउटा शैक्षिक अवधारणा हो जसले विद्यार्थीको सिकाइलाई विभिन्न स्तरमा वर्गीकरण गर्छ । यसलाई मैले बुझेअनुसार, यो शिक्षा क्षेत्रमा निकै महत्वपूर्ण औजार हो, तर यसको प्रयोग कसरी गर्ने भन्नेमा हामी शिक्षकहरूले अझ बढी ध्यान दिनुपर्छ ।

ब्लूमको वर्गीकरणले विद्यार्थीको सोचाइ प्रक्रियालाई स्मरणदेखि सिर्जनासम्मका विभिन्न चरणमा विभाजन गर्छ । यो सिद्धान्त सुन्दा जति सरल लाग्छ, यसलाई कक्षाकोठामा व्यावहारिक रूपमा लागू गर्न त्यति सजिलो छैन । सन् १९५६ मा, अमेरिकी शैक्षिक मनोवैज्ञानिक बेन्जामिन ब्लूम र उनका सहकर्मीहरूद्वारा विकसित यो वर्गीकरणले, शैक्षिक उद्देश्यहरूलाई विभिन्न जटिलताका स्तरहरूमा विभाजन गर्दछ। यसले शिक्षकहरूलाई शिक्षण विधि, पाठ्यक्रम निर्माण, र मूल्याङ्कन प्रणालीलाई अझ प्रभावकारी बनाउन मद्दत पुर्‍याउँछ, जसले अन्ततः सिकाइको गुणस्तर बढाउँछ।

मुख्य बुँदामा उल्लेख गर्नु पर्दाः

  • यो केवल ‘ज्ञान’ मा मात्र सीमित हुनुहुँदैन:

धेरैजसो शिक्षकहरूले ‘ब्लूमको वर्गीकरण’ भन्नासाथ संज्ञानात्मक क्षेत्र (Cognitive Domain) का ६ वटा तहहरू (स्मरण, बोध, प्रयोग, विश्लेषण, मूल्याङ्कन, सिर्जना) लाई मात्र बुझ्नुहुन्छ तर यसका अन्य दुई महत्वपूर्ण क्षेत्रहरू – भावनात्मक क्षेत्र (Affective Domain) र मनोक्रियात्मक क्षेत्र (Psychomotor Domain) लाई हामीले अक्सर बेवास्ता गर्छौं । विशेषगरी कम्प्युटर शिक्षामा, जहाँ विद्यार्थीले हातले कोड लेख्नुपर्छ, सफ्टवेयर प्रयोग गर्नुपर्छ, त्यहाँ मनोक्रियात्मक सीप (जस्तै: टाइप गर्ने गति, माउस चलाउने कुशलता) र भावनात्मक पक्ष (जस्तै: नयाँ प्रविधि सिक्ने रुचि, समस्या समाधान गर्दा धैर्यता) को पनि उत्तिकै महत्व हुन्छ । हामीले यी पक्षहरूलाई कसरी मापन गर्ने र विकास गर्ने भन्नेमा ब्लूमको वर्गीकरणलाई पूर्ण रूपमा प्रयोग गर्नुपर्छ ।

  • प्रश्न निर्माणमा चुनौती:

ब्लूमको वर्गीकरणअनुसार प्रश्नपत्र बनाउनु आफैंमा एउटा कला हो । ‘स्मरण’ तहका प्रश्नहरू सोध्न सजिलो हुन्छ, जस्तै ‘कम्प्युटरको परिभाषा दिनुहोस्?’ तर, ‘सिर्जना’ वा ‘मूल्याङ्कन’ तहका प्रश्नहरू बनाउन निकै मेहनत लाग्छ । उदाहरणका लागि, ‘नेपालको शैक्षिक प्रणालीमा सूचना प्रविधिको प्रयोग कति प्रभावकारी छ, तर्कसहित मूल्याङ्कन गर्नुहोस्’ वा ‘विद्यालयको प्रशासनिक कार्यका लागि एउटा नयाँ सफ्टवेयर डिजाइन गर्ने योजना बनाउनुहोस्’ जस्ता प्रश्नहरू बनाउन शिक्षकलाई गहिरो ज्ञान र अनुभव चाहिन्छ । धेरै शिक्षकहरू अझै पनि तल्लो तहका प्रश्नहरूमै सीमित छन्, जसले गर्दा विद्यार्थीको उच्च-स्तरीय सोचाइ सीप विकास हुन पाइरहेको छैन ।

  • समय र स्रोतको अभाव:

ब्लूमको वर्गीकरणले उच्च-स्तरीय सोचाइलाई प्रोत्साहन गर्न परियोजना-आधारित शिक्षा, अनुसन्धान र छलफल जस्ता विधाहरू सिफारिस गर्छ । तर, हाम्रो विद्यालयको सन्दर्भमा हेर्दा, एउटै कक्षामा धेरै विद्यार्थी हुनु, सीमित स्रोतसाधन र समयको अभावले गर्दा यी विधिहरू पूर्ण रूपमा लागू गर्न चुनौतीपूर्ण छ । हामीसँग एउटा विषय पढाउन निश्चित समयतालिका हुन्छ र सोही समयभित्र पाठ्यक्रम सक्काउनुपर्ने दबाब हुन्छ ।

  • सैद्धान्तिक ज्ञानमा सीमितता:

ब्लूमको वर्गीकरण शैक्षिक पाठ्यक्रम र तालिमहरूमा धेरै पढाइन्छ, तर यसको सैद्धान्तिक ज्ञान मात्र हासिल गरेर पुग्दैन । यसलाई कसरी व्यवहारमा उतार्ने?, कसरी प्रश्न बनाउने र मूल्याङ्कन गर्ने? भन्नेमा शिक्षकहरूलाई निरन्तर व्यावहारिक तालिमको आवश्यकता छ । तालिम दिने निकायहरूले पनि ‘यो स्मरण तहको प्रश्न हो’ भनेर चिनाउनु मात्र होइन, कसरी ‘सिर्जना’ तहको प्रश्न बनाउने भनेर स्पष्ट उदाहरणसहित सिकाउनुपर्छ ।

समग्रमा, ब्लूमको वर्गीकरण शिक्षा सुधारका लागि एउटा शक्तिशाली फ्रेमवर्क हो । तर, यसलाई पूर्ण रूपमा आत्मसात गर्न र व्यावहारिक रूपमा लागू गर्न शिक्षक, पाठ्यक्रम निर्माता र नीति-निर्माता सबैको साझा प्रयास र निरन्तर अभ्यासको खाँचो छ । खाली किताबमा मात्र सीमित राखेर यो वर्गीकरणको पूर्ण लाभ लिन सकिँदैन । यसलाई कक्षाकोठाको वास्तविकतासँग जोड्न सके मात्र यसले साँच्चिकै शैक्षिक रूपान्तरण ल्याउन सक्छ ।

Sunday, September 1, 2024

के हो निर्णय प्रक्रिया ? निर्णय क्षमतालाई के केले प्रभाव पार्छन् ?

 लोक सेवा आयोगले कायम गरेको निष्पक्षताले जनतामा यसप्रतिको विश्वास बढाएको छ । त्यसैले यसले लिने परीक्षाप्रति आकर्षण बढ्दो छ । परीक्षामा राम्रो नतिजा हासिल गरी निजामती सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । यही अवस्थालाई मध्यनजर गरी नेपालवाच डटकमले पूर्वप्रशासक, प्रशासक र विषयविज्ञबाट समाधान पहिल्याउने प्रयास थालेको छ । भुवन प्रसाद ज्ञवालीले निर्णय प्रक्रिया र यसलाई प्रभाव पार्ने तत्वबारे प्रश्नको समाधान सुझाउनुभएको छ।

प्रश्‍न. निर्णय प्रक्रियालाई परिभाषित गर्नुहोस् । साथै निर्णयकर्ताको निर्णय क्षमतालाई प्रभावित तुल्याउने विभिन्न तत्वहरुको बारेमा चर्चा गर्दै विवेकपूर्ण निर्णय गर्दा ध्यान पुर्‍याउनु पर्ने विषयहरु उल्लेख गर्नुहोस् ।
निर्णय प्रक्रियाः
कुनै काम वा विषयप्रति उचित/अनुचित, ठीक/वेठिक भनी निधो गर्ने कार्य निर्णय हो । निर्णय अन्तिम निर्कौल हो । व्यवस्थापकले उपलव्ध विभिन्न विकल्पहरु मध्ये विवेकपूर्ण ढंगले उपयुक्त विकल्पको छनौट गर्ने प्रक्रियालाई निर्णय प्रक्रिया भनिन्छ । निर्णयमा पुग्न अपनाईने प्रक्रिया अर्थात् पुरा गर्नुपर्ने चरणहरु क्रियाकलापहरुको श्रृङ्खला नै निर्णय प्रक्रिया हो ।
  • समस्या पहिचान,
  • सहि विकल्पहरुको छनौट,
  • सहभागितामूलक निर्णय प्रक्रिया,
  • अन्तिम आदेश वा निर्देशनको समग्रता हो ।
जसले संगठनलाई गतिशिल वनाई कार्यप्रक्रियालाई सरल, सहज र वस्तुनिष्ठ वनाउन मद्दत गर्दछ ।
निर्णयकर्ताको निर्णय क्षमतालाई प्रभावित तुल्याउने तत्वहरुः
कुनै पनि निर्णयले पार्ने प्रभाव, त्यसको असर र ल्याउने नतिजाले निर्णयलाई थप मजवुत बनाउन र कमजोर वनाउन मद्दत गर्दछ । त्यसैले
निर्णयकर्ताको निर्णय क्षमतालाई प्रभावित तुल्याउने तत्वहरुलाई देहाय बमोजिम उल्लेख गर्न सकिन्छ ।
क. आन्तरिक तत्वहरुः
  •  निर्णयकर्ताको विवेक र सदाचारको स्तर,
  • निर्णयकर्ताको ज्ञान र अनुभव,
  • अधिकार र जिम्मेवारीको सीमा,
  • कानूनी तथा नीतिगत व्यवस्था,
  •  संगठनको कार्यसंस्कृति, कार्यवातावरण
  • सहभागिता र निहित स्वार्थ,
ख. बाह्य तत्वहरुः
  •  राजनीतिक दलहरु
  • दवाव समूह र हित समूह,
  • गैर सरकारी क्षेत्र
  • नागरिक समाज र सामुदायिक संगठनहरु
  • अन्तराष्ट्रिय समुदायहरु
  • वातावरणीय स्रोत साधनको उपलव्धता
  • नागरिक चेतना र सामाजिक क्रियाशिलताहरु आदि ।
विवेकपूर्ण निर्णय गर्दा ध्यान दिनुपर्ने विषयहरुः
  • निर्णयमा पुग्न समस्याको पहिचान र परिभाषा यथेष्ट ज्ञान,
  • तथ्याङ्क र सूचनाको वस्तुनिष्ठ मूल्याङ्कन,
  • निर्णयको प्रभाव र त्यसको उपदेयताको जानकारी,
  • विकल्प छनौट गर्दा विकल्प विकास र विश्लेषण,
  • निर्णय कार्यान्वयनमा पर्ने प्रभाव,
  • परिवर्तन द्वन्द्व व्यवस्थापन जस्ता विषयको आकस्मिकताको अध्ययन,
  • नागरिकको इच्छा आकांक्षाको अवस्था,
  • विचारलाई व्यवहारमा उतार्नररुपान्तरण गर्ने सक्षमता,
  • उपलव्ध स्रोत साधनको उपयोग र उपदेयता,
  • निर्णय कार्यान्वयनमा जनताको सहभागिता र स्वामित्वको अवस्था,
  • सहभागितामूलक निर्णय प्रक्रियाको अवलम्वनमा ध्यान,
  • कानूनी तथा नीतिगत व्यवधानको अवस्था,
निष्कर्षः
निर्णय प्रक्रिया निकै जटिल र दुरगामी प्रभाव पार्ने विषय हो । तथापी नेतृत्वको सक्षमतासंग जोडिएर आउने गर्दछ । त्यसैले निर्णय प्रक्रियामा जनताको सहभागिता र निर्णयको प्रभाव र कार्यान्वयन आङ्कलन गरी उपर्युक्त निर्णय गर्नु र कार्यान्वयनयुक्त निर्णय हुनु जरुरी रहन्छ ।

नेपाली भाषा शुद्ध प्रयोगको लागि नेपाली वर्णविन्यास






Wednesday, August 21, 2024

लोकसेवामा सोधेको केही प्रश्नहरु

१. साहित्य लेखनमा नेपाली पछि दोश्रो भाषा कुन हो ?

– मैथिली (नासु २०६९)

२ मुस्लिम धर्ममा “जकात” भन्ने शब्दले के जनाउछ ?

– दान (नासु २०६९)

३ इश्लाम धर्मग्रन्थलाइ के भनिन्छ ?

– कुरान (नासु २०७०)

४ नेपालको अल्पसङ्ख्यक राजी जातिको मुख्य बसोबास

नेपालको कुन जिल्लामा रहेको छ ?

– दाङ (नासु २०७०)

५ महादेवका तिननेत्रले के जनाउछ ?

– चन्द्र,सुर्य र अग्नि (नासु २०७०)

६ द राईजिङ नेपालका प्रथम सम्पादक को थिए ?

– बरुण शमशेर (नासु २०७०)

७ नेपालको सबैभन्दा पुरानो धर्म कुन हो ?

– शैब (नासु २०६९)

८ मोरियो के गर्दा बजाईन्छ ?

– जागर गाथा गाउँदा (नासु २०६९)

९ नेपालको कुन ठाँउमा ईन्द्रायणी जात्रा मनाउने

गरिन्छ?

– किर्तिपुर (नासु २०६९)

१० गुरुङ जातिको भित्तामा कोरिने भित्ते चित्रलाई

के भनिन्छ ?

– पुराती चित्र (नासु २०६९)

११ नेपालको निजि क्षेत्रबाट निर्माण भएको पहिलो

चलचित्र कुन हो ?

– माइतिघर (खरिदार २०७०)

१२ नेपालमा बनेको पहिलो नेपाली चलचित्र कुन हो ?

– मनको बाँध (नासु २०७०)

१३ गुम्बा,मन्दिर,घ र आदिको भित्तामा बनाइने

चित्रकलालाइ कुन चित्र भनिन्छ ?

– भित्ते चित्र (खरिदार २०७०)

१४” सुमतितन्त्र” भनेको के हो ?

– नेपालमा रहेको प्राचिन ज्योतिषगन्थ्र (खरिदार

२०७०)

१५ सिउडिको बोटलाइ पुजा गर्ने जाती कुन हो ?

– मेचे (खरिदार २०६८)

१६ नेपालमा सामजिक सेवा दिवश कहिले मनाइन्छ ?

– अशोज ६ (खरिदार २०६८)

१७ बहाई धर्मा कोद्वारा,कहिले र कहाँ सुरुवात

भएको थियो ?

– बहउल्लाद्वारा १९ औं शताब्दिमा पर्सिया(इरान)

(खरिदार २०६८)

१८ झिझिया नृत्य कुन समुदायमा प्रचलित छ ?

– मैथिली समुदाय (खरिदार २०६८)

१९ सुरेल जातिको बसोबाश मुख्यत कुन जिल्लामा छ ?

– दोलखा (नासु २०७१)

२० तामङ जातिको संस्कृती,परम्पर ा आदिको संरक्षण

गर्ने उद्देश्यले स्थापित तामङ सग्राहलयको स्थापना

कुन जिल्लामा गरिएको छ ?

– रसुवा (नासु २०७१)

Monday, July 22, 2024

संविधान भनेको के हो ?

~. देशको सम्पुर्ण शासन प्रणाली संचालन गर्नलाई जम्मा गरिएको नियमहरुको संगालो नै संविधान हो ।

~. जसले सरकारको स्थापना एवम् संचालन र सरकारलाई नै शासित गर्दछ ।

~. सरकारको शक्ति¸जनताको अधिकार¸शासक र शासित बिचको सम्बन्ध समावेश भएको हुन्छ ।

~. सरकारको स्वेच्छाचारिता सिमित गर्ने¸जनताको अधिकारको रक्षा र सार्वभौमशक्तिको परिभाषा गर्ने दस्तावेज नै संविधान हो ।

~. राज्य संचालन गरिने मूल कानुन र सिद्धन्तहरुको संग्रह संविधान हो ।

~. राज्यका सम्पुर्ण जनताको अधिकार प्रत्याभूति गर्ने एउटा महत्वपुर्ण लिखतलाई संविधान भनिन्छ ।

~. सरकारको स्वविकेकी अधिकारमाथी सीमा लगाउने र जनताको हक किटान गरिदिने दस्तावेज

~. सरकारलाई शक्ति प्रदान गर्ने र शक्तिमाथि नियन्त्रण लगाउन सक्ने कानुनी अस्त्र हो ।

~. देशको मूल कानुन हो ।

~. देशको शासन संचालन गर्ने मार्ग दर्शक सिद्धन्तहूको संग्रह

~. जनता र सरकार विचको सम्बन्ध व्यवस्थित गर्दछ ।

~. शासकलाई शक्ति प्रदान गर्दछ भने दुरुपयोगलाई रोक्दछ ।

~. यो एक राजनैतिक सहमतिको कानुनी दस्तावेज हो ।


संविधानलाई मूल कानुन मान्नुका कारणहरु के के हुन् ?

=====================================

~ निर्माण प्रक्रियाको दृष्टिकोणबाट – संविधान जनता आफैले निर्माण गर्दछन् ।

~ संविधानको व्याख्या – संविधानको सम्बन्धमा कुनै दुविधा भएमा सर्वोच्च 

~ अदालतले मात्र ब्याख्या गर्ने गर्दछ ।

~ संशोधन प्रक्रिया – निश्चित विषयबस्तु असंशोधनीय हुन्छ ।

~ विषयबस्तुको दृष्टिकोण – संविधानका विषयबस्तुहरु राजनैतिक सिद्धान्तको आधारमा तय भएको हुन्छ ।

~ कानुनको वर्गिकरण अनुसार – संविधान सार्वजनिक कानूनको रुपमा लागू हुन्छ

~ संबैधानिक सर्वोच्चता – स‌ंविधानभन्दा माथी कोही पनि रहदै ।

~ सरकारलाई अधिकार प्रदान गर्ने¸नियन्त्रण गर्ने र उत्तरदायी बनाउने दस्तावेज

नयाँ संविधान निर्माण गर्नु पर्ने कारणहरु

===========================

= राज्य क्रान्तीको सफलता

= नयाँ राज्यको उदय

= उपनिवेशबाट स्वतन्त्र भएमा

= राज्यलाई बृहत रुपको लोकतान्त्रीकरणको दिशातर्फ लान

= राज्य व्यवस्थामा रहेको गतिरोध अन्त्य गर्न ।

संविधान निर्माणका विधिहरु

===================

= संबैधानिक सम्मेलनको आयोजना गरेर ( अमेरिकामा सन् 1789 मा जारी पहिलो लिखित संविधान )

= संबैधानिक आयोग तथा संविधानविद्हरुद्धारा (नेपालको वि.सं. 2015¸2019¸2047 को संविधान)

= शासकद्धारा एकलौटी रुपमा जारी (नेपालको 2004 र 2007 को संविधान)

= जनमत संग्रह (स्वीजरल्याण्डमा जारी गरिएको संविधान )

= अरुले लेखेको संविधान (जापनले स्वीकार गरेको संविधान)

= संविधान सभाबाट

संविधानको वर्गीकरण

===============

= ऐतिहासिक आधारमा

= निर्मित संविधान

= विकसित संविधान

= रुपका आधारमा

= लिखित संविधान

= अलिखित संविधान

= परिवर्तनका आधारमा

= कठोर संविधान

= नरम संविधान

= शक्ति विभाजनका आधारमा

= एकात्मक संविधान

= संघात्मक संविधान

संबैधानिक कानुन भनेको के हो ?

======================

संविधानले परिकल्पना गरेका विभिन्न अंग तथा निकायहरुले गर्ने काम कारवाहीलाई व्यवस्थित गर्न संविधानको अधिनमा रही निर्माण भएका आवश्यक कानुनहरु नै संबैधानिक कानून हो । जस्तै – व्यवस्थापिका संसद कार्य संचालन नियमावली¸ अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ निर्वाचन आयोग ऐन ।

Thursday, July 11, 2024

दिगो विकासका १७ वटा लक्ष्यहरू

१.       गरिबीको अन्त्य
२.       भोकमरीको अन्त्य
३.       स्वस्थ र समुन्नत समाज
४.       गुणस्तरीय शिक्षा
५.       लैङ्गिक समानता
    स्वच्छ पानी तथा सरसफाई
७.       स्वच्छ उर्जामा सहज पहुँच
८.       मर्यादित रोजगार तथा आर्थिक वृद्धि
९.       उद्योग पुर्वाधार र नवीन सिर्जना
१०.   असमानता न्युनिकरण
११.   दिगो सहर र समुदाय
१२.   जिम्मेवारपूर्ण उपभोग तथा उत्पादन
१३.   जलवायु परिवर्तनमा तत्काल पहल
१४.   जलमुनिको जैविक विविधताको संरक्षण
१५.   जमिनमाथिको जैविक विविधताको संरक्षण
१६.   शान्ति, न्याय र सशक्त निकाय
१७.   लक्ष्य प्राप्तिका लागि साझेदारी